बिहीबार नेपाल बारले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ मंसिर ७, मंगलबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

मंसिर ७, काठमाडौं । नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ ।

मंगलबार पनि प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा धर्ना दिएको बारले बिहीबार ९ गते दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने जनाएको हो।

धर्नामा बोल्दै नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले मार्चपासमा नागरिक समाजका सदस्यहरु समेत संलग्न रहने जानकारी दिए । उनले प्रधानन्यायाधीश जबरा बालुवाटारका कारण लुकेर न्यायालय आउने गरेको भन्दै सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्न लागिएको स्पष्ट पारे । अध्यक्ष श्रेष्ठले बुधबार देशभरका १८ वटा उच्च अदालतमा धर्ना कार्यक्रम आयोजना गर्ने पनि बताए ।

९ गते २ बजे र १० देखि १२ गतेसम्म हाम्रो कार्यक्रम निरन्तर रहन्छ श्रेष्ठले बताए ।

यस्तै वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले अदालत परिसर भित्र न्यायपरिषमाथि लाठी प्रहार गर्नु न्यायपालिकाको न्याय मर्नु रहेको बताए । उनले एउटा वकीलले आफ्नो अभिव्यक्ति र विचार राख्न पाउने स्वतन्त्र अधिकार रहेको बताउँदै सुरक्षाको नाममा लाठी प्रहार गर्नु न्याय मार्नु सरह भएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस